|

काठमाडौं : नेपाल र चीनले आपसी विकास रणनीतिहरूको समन्वयलाई थप मजबुत बनाउन र बेल्ट एन्ड रोड परियोजनामा गहिरो सहकार्य गर्ने सहमति जनाएका छन्। 

मंगलबार अबेर सार्वजनिक गरिएको संयुक्त वक्तव्यमा आपसी विकास र रणनीतिको समन्वयलाई थप मजबुत र बेल्ट एन्ड रोड परियोजनामा गहिरो सहकार्य गर्ने सहमति भएको जनाइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपालले हिल्सा–सिमकोट सडक, किमाथांका–खाँदबारी सडक र पुल, जिलोङ–केरुङ–काठमाडौं सीमापार रेलमार्ग, काठमाडौं–हेटौंडा पोडवे, दुई सय २० केभी प्रसारण लाइन, मदन भण्डारी विश्वविद्यालय लगायतका विषय अनुदानमा लिने गरी प्रस्ताव गरेको थियो। 

टोखा–छहरे सुरुङमार्ग बाहेकका अन्य कुनै पनि विषयमा सहमति गर्न चीन तयार नभएपछि नेपालले गरेको प्रस्तावमाथि छलफल हुन सकेन। 

सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेको सहमतिमा नेपालका तर्फबाट बीआरआई अन्तर्गत अनुदानमा लिने गरि परियोजनाहरु प्रस्ताव गरिए पनि चिनियाँ पक्षले असहमति जनाएको हो।

तर दुवै देशले ट्रान्स हिमालयन बहुआयामिक सम्पर्क सञ्जाल निर्माण र बेल्ड एन्ड रोड फ्रेमवर्कमा सक्दो चाँडो समझदारीपत्रमा हस्ताक्षर गर्न तयार रहेको उल्लेख छ।

मंगलबारै प्रधानमन्त्री ओली र चिनियाँ प्रधानमन्त्री ली छ्याङबीचको द्विपक्षीय वार्तापछि नौ बुँदे सहमति र समझदारीपत्रमा हस्ताक्षर भएको छ। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.