पाकिस्तान र ताजिकिस्तानबीचको द्विपक्षीय सम्बन्धमा आतंकवाद, अफगानिस्तानको अवस्था, ऊर्जा र आर्थिक प्रतिबद्धता पूरा नहुने र यस क्षेत्रमा चिनियाँ उपस्थिति बढ्दै गएका विषयमा असहजताको संकेत देखिएको छ।
यसबाहेक, विशेष गरी अफगानिस्तानमा तालिबान फिर्ता भएपछि भारत र ताजिकिस्तान बीचको बढ्दो सम्बन्धलाई लिएर पाकिस्तान असुरक्षित छ। जहाँ दुशान्बेले इस्लामाबादसँग आर्थिक र जनताबीचको सम्बन्धलाई प्रवर्द्धन गर्न चाहन्छ।
पाकिस्तानी सैन्य अधिकारीहरूले इस्लामाबादमा ताजिक राजदूतलाई दुशान्बेले भारतसँगको रक्षा र आर्थिक सम्बन्धलाई सीमित नगरेसम्म द्विपक्षीय सम्बन्धमा सम्भावित नतिजाको चेतावनी दिएको समाचारहरु बाहिरिएका छन्। यसले दुई देशहरू बीच थप मतभेदहरू सिर्जना गर्न सक्ने देखिएका छ।
धेरै अवसरहरूमा, ताजिक सरकारले २००६ मा सुरु गरिएको कासा–१००० पहल पूरा गर्न ढिलाइ गरेकोमा पाकिस्तानसँग आफ्नो असन्तुष्टि व्यक्त गरेको छ। यस परियोजनामार्फत गर्मी महिनामा किर्गिस्तान र ताजिकिस्तानबाट अतिरिक्त बिजुली अफगानिस्तान र पाकिस्तानमा ढुवानी गर्ने लक्ष्य राखेको छ।
मध्य एसियाली भागको पूर्वाधार निर्माणमा भारतीय कम्पनीलाई प्रदान गरेपछि पाकिस्तानले असन्तुष्टि देखाएको विज्ञहरूको दाबी छ। यसबाहेक, अगस्ट २०२१ पछि यस क्षेत्रमा बढ्दो सुरक्षा अस्थिरता र अफगानिस्तानमा इस्लामिक स्टेट (आईएस) को पुनः उदयसँगै, ताजिकिस्तानले केही पाकिस्तानी क्षेत्रबाट हुन सक्ने आतङ्ककारी हमलाहरूका लागि असुरक्षित महसुस गरिरहेको छ।
पाकिस्तानले अफगानिस्तानको वाखान करिडोरमार्फत ताजिकिस्तानसँग स्थलगत सम्पर्क स्थापना गर्न दबाब दिइरहेको छ। तर, अप्ठ्यारो पहाडी भूभाग, अफगान पक्षमा अनिच्छुकता र मार्गको सीमित आर्थिक लाभले यस क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्ने पाकिस्तानको योजना असफल भएको छ।
विश्लेषकहरू पाकिस्तानले ताजिकिस्तानको गोर्नो—बदख्सान स्वायत्त ओब्लास्ट (जीबीएओ) क्षेत्रमा अस्थिरता सिर्जना गर्न आतंकवादी संगठनहरूलाई लागूपदार्थ, नक्कली मुद्रा र हतियारको तस्करी गर्न यो मार्ग प्रयोग गरेको हुन सक्ने आशंका व्यक्त गरेका छन्।
नोभेम्बर १८ मा, अफगानिस्तानको सिमानामा रहेको ताजिकिस्तानको शम्सिद्दीन शोहिन जिल्लामा सुन खानी कामदारहरूमाथि सशस्त्र व्यक्तिहरूले गरेको आक्रमणमा एक चिनियाँ नागरिकको मृत्यु भएको थियो र चार चिनियाँ र एक स्थानीय सहित पाँच जना घाइते भएका थिए।
कुनै पनि समूहले अहिलेसम्म आक्रमणको जिम्मेवारी लिएको छैन। तर, ताजिकिस्तान गृह मन्त्रालयका अनुसार आक्रमणकारीहरू अफगानिस्तानबाट आएको बताइएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।