|

काठमाडौँ : नेपाल प्रिमियर लिगको आजको पहिलो खेलमा पोखरा एभेन्जर्सविरूद्ध जनकपुरले ७ विकेटको जित हात पार्‍यो। 

जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि पोखरा एभेन्जर्सले ब्याटिङ थालेको थियो। खेलमा पोखराले ७ विकेट गुमाएर जम्मा १३८ रन बनायो।

जितका लागि मैदान उत्रिएको जनकपुरले १७.१ ओभरमा तीन विकेट गुमाएर १४३ रन बनायो। आजको खेलमा जनकपुरका लागि जेम्स निसमले अलराउण्डर प्रर्दशन गरे। 

उनले दुई विकेट लिँदै ६ छक्कासहित ४० रनको नटआउट पारी खेले। जनकपुरले यसअघि कर्णाली याक्स र विराटनगर किंग्सलाई पराजित गरिसकेको छ भने आफ्नो अपराजित यात्रालाई कायम राखेको छ।

पोखरा भने यसअघि पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो। जनकपुर अनिल साहको कप्तानीमा छ भने पोखराका कप्तान कुशल भुर्तेल छन्।

दोस्रो खेलमा भने सुदूरपश्चिम रोयल्सले उत्कृष्ट जित हासिल गर्‍यो। सुदूरपश्चिमले दिएको १६८ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौँले १५ ओभरमा सबै विकेट गुमाएर ६४ रन बनाएको थियो।

काठमाडौँका लागि सुदूरपश्चिमका नरेन साउद घातक साबित भए। उनले काठमाडौँको पाँच विकेट लिए। ४.९५ को इकोनोमीमा उनले घातक बलिङ गरिदिए र सुदूरपश्चिमका लागि नायक सावित भए।

आजको खेल

आजको पहिलो खेलमा २१ चौका र ११ छक्का प्रहार भए। जसमा  पोखराले ९ चौका हान्दा  ६ छक्का हानेको थियो। त्यस्तै जनकपुरले १२ चौका र ५ छक्का प्रहार गरेको थियो। 

दोस्रो खेलमा २० चौका र ११ छक्का हानिएको छ। दोस्रो खेलमा सुदूरपश्चिमले ९ चौका र ८ छक्का प्रहार गर्‍यो। काठमाडौँले ११ चौका र तीन छक्का हान्यो।

बलिङमा उत्रिएको जनकपुरका लागि ललित राजवंशीको बलमा आशिफ शेखले क्याच गर्दा आन्द्रे गोस  १६ बलमा २० रन बनाएर आउट भए भने पोखराले पहिलो विकेट गुमायो।

उनले एक छक्का र तीन चौका प्रहार गरे। ललितले पहिलो ओभरको छैटौँ बलमा विकेट लिएका थिए। त्यति बेला पोखराको ५ ओभर सकिएर जम्मा ३२ रन भएको थियो।

यस्तै दोस्रो विकेट दिनेश खरेलको पतन भयो। उनले १७ बलमा १० रन बनाएर खेलिरहेका थिए। उनलाई जेम्स निसमको बलमा तुल थापाले क्याच गरेका थिए। त्यतिबेला पोखराको ५.५ ओभरमा ३५ रन पुगेको थियो।

त्यस्तै तेस्रो विकेट र व्यक्तिगत दोस्रो विकेट ललितको नाममा रह्यो। एक चौकासहित ६ रन लिएका उनले कप्तान कुशल भुर्तेललाई आउट गरे। आफ्नो दोस्रो ओभरको अन्तिम बलमा लेहिरू मिलन्थाले स्टम्पआउट गरिदिए। त्यतिबेलासम्म पोखराको ७ ओभरमा ४८ रन पुगेको थियो।

चौथो विकेट भने मोहम्मद मोहसिनले चड्काए। उनले १०औँ ओभरको दोस्रो बलमा १४ बलमा एक चौकासहित १० रन बनाएर खेलिरहेका दिलिप नाथलाई एलबीडब्लु धराप पार्दै पेभेलियन फर्काए। त्यतिबेलासम्म पोखराको ७० रन पुगेको थियो।

पाँचौ विकेट र व्यक्तिगत तेस्रो विकेट राजवंशीले लिए। १६.३ ओभरमा उनले म्याट क्रिट्ले ३० बलमा ३५ रन बनाएका थिए। तीन चौका र एक छक्का हानेका उनलाई अनिल साहले क्याच आउट गराए। त्यतिबेला पोखराको १०२ रन बनेको थियो।

१८.३ ओभरमा निसमले रेइमन रिफरलाई आउट गरे। एक चौका हानेका उनले २० बलमा १७ रन हानेका थिए। त्यतिबेलासम्म पोखराको १३५ रन पुगेको थियो।

१९. ४ ओभरमा पोखराले माइकल लिस्कलाई गुमायो। १३ बलमा ६ छक्कासहित २५ रन बनाएका उनलाई किशोर महतोको बलमा आशिफ शेखले क्याच गरेका थिए।  

पोखराले एक्ट्रा ८ रन पाएको थियो। जनकपुरका लागि  कप्तान अनिश साह ३ बलमा एक रन बनाउँदै आउट भए। उनलाई विपिन खत्रीले एल्बीडब्लु धराप पारे। दोस्रो ओभरको दोस्रो बलमा उनी आउट हुँदा जनकपुरको १० रन पुगेको थियो।

पावर प्लेमा जनकपुरले ६१ रन जोडेको थियो। त्यस्तै दोस्रो विकेट लाहिरू मालिन्थाको गुम्यो। पोखरा एभेन्जर्सविरूद्ध उनी ८ चौकाको मद्दतमा ३१ बल खेलेर ४५ रन हान्दै पभेलियन फर्किए। उनलाई माइकल लिस्को बलमा सागर ढकालले क्याच आउट गरेका हुन्। त्यतिबेला १० ओभरको समाप्तिमा ८३ रन बनाएर जनकपुर अगाडि बढिरहेको थियो।

त्यस्तै तेस्रो विकेट आशिफ शेखको गुम्यो। उनलाई कप्तान भुर्तेलले आउट गरेका हुन्। भुर्तेलले आफ्नो पहिलो ओभरको दोस्रो बलमा तीन चौकासहित ३३ बलमा ३३ रन बनाएर खेलिरहेका शेखलाई आउट गरे। १२.२ ओभरको खेलसम्म आउँदा जनकपुरको तीन विकेट गुमेर ९२ रन बनेको थियो।

तर जिमि निसमले २० बलमा पाँच छक्काको मद्दतले ४० रन बनाए भने हर्ष ठाकरले १४ बलमा एक चौकासहित १३ रन बनाएपछि जनकपुरले तीन विकेट गुमाएर १४३ रन बनायो। जनकपुरले ११ रन एक्ट्रा प्राप्त गर्‍यो।  

दोस्रो खेलमा सुदुर पश्चिम ९ चौका र  ८ छक्का प्रहार गर्‍यो।  र काठमाडौँले ११ चौका र तीन छक्का हान्यो।

काठमाडौँका लागि पहिलो विकेट रसिद खानले लिए। दोस्रो ओभरको अन्तिम बलमा ९ बलमा एक चौकासहित ११ रन बनाएका सेफ अलि जेब आउट हुँदा सुदुरको १७ रन पुगेको थियो। सुदुरले पावर ओभरमा १ विकेट गुमाएर ४८ रन बनाएका थियो।

अर्धशतक बनाएर  ब्रान्डन म्याकमुलेन पनि आउट भए। विनोद भण्डारीसँग ८७ रनको साझेदारी गरेका उनले ३६ बलमा  तीन चौका र चार छक्का हान्दै  ५४  रन बनाए। जेरार्ड एरास्मसको बलमा म्याकमुलेन आउट भए। 

लगत्तै  विनोद भण्डारी पनि २७ बलमा ३६ रन बनाएर आउट भए। साहब आलमको बलमा विनोद भण्डारी एलबीडब्लु धराप परे। उनले म्याकमुलेनसँग साझेदारी गर्ने क्रममा २ चौका र २ छक्का प्रहार गरेका थिए। यतिबेलासम्म सुदुरको १०५ रन पुगेको थियो।

त्यस्तै रोहन मुस्तफा ७ बलमा ४ रन बनाउँदै रसिद खानले आउट गरे। त्यसैगरी आरिफ शेख पनि सस्तैमा आउट भए। उनी तीन बलमा तीन रन बनाउँदै रन आउट भए।

त्यस्तै २५ बलमा ४३ रन बनाउँदै कप्तान दिपेन्द्रसिंह ऐरी पनि करणको बलबाट आउट भए। त्यतिबेलासम्म सुदुरले १९ ओभरमा १६३ रन बनाएको थियो। त्यस्तै इशान पाण्डले ५ बलमा १ रन स्कट कुगेलिनले ७ बलमा ७ रन बनाउँदै इनिङ समाप्त गरे। सुदुर पश्चिमले १० रन एक्ट्रा प्राप्त गर्‍यो।

१६८ को जितको लक्ष्य  लिएर मैदानमा उत्रिएको काठमाडौँका लागि नरेन साउद बाधक बने। १५.५ ओभरमा ९४ रन बनाउँदै काठमाडौँ अलआउट भयो। जसमा एक्लै नरेनले पाँच विकेट लिए।

काठमाडौँको पहिलो विकेट माइकल लेभिटको गुम्यो। एक चौकासहित ५ रन बनाएर खेल्दै थिए तर ब्रान्डन म्याकमुलेनको बलमा नरेश बुढाएरले क्याच गरे अनि उनी पभेलियन फर्किए। त्यतिबेला काठमाडौँको १.३ ओभरमा ६ रन बनेको थियो।

दोस्रो विकेट भने ४ ओभरमा सेफ अलि जेबले शंकर रानालाई आउट गरे। उनले ७ बलमा ३ रन बनाएर खेलेका थिए भने त्यति बेला काठमाडौँले जम्मा ३० रन बनाएको थियो।

त्यस्तै भीम सार्की दुई चौकाको मद्दतले ८ बलमा  १० रन बनाएर रन आउट भए। यसरी ६.२ ओभर खेल सकिँदा काठमाडौँको ३ विकेट गुमेर ३८रन बनेको थियो।

त्यस्तै चौथो विकेट जेरार्ड एरासमसको गुम्यो। पाँच बलमा एक छक्का र एक चौका हानेका उनलाई नरेन साउदले एलबीडब्लु धरापमा पारे। यतिबेला ८ ओभर सकिँदा काठमाडौँले ५० रन बनाएका थियो।

त्यस्तै सुमित महर्जन दुई चौका हान्दै १० बलमा १४ रन बनाएर आउट भए। उनी अविनास बोहराको बलमा नरेन साउदको क्याचमा पभेलियन फर्किन बाध्य भए। यतिबेला काठमाडौँको १०.५ ओभरमा ७४ रन बनेको थियो।

१३. १ ओभर ५ चौका र एक छक्का हानेका स्टेफेन इस्किनाजीले ३३ बलमा ३७ रन बनाएर आउट भए। नरेन साउदको बलमा इसान पाण्डेले क्याच गरे। लगत्तै १३.४ मा नरेनकै बलमा रोहन मुस्ताफाले क्याच गर्दा १० बलमा २ रन बनाएका रसिद खान पनि आउट भए। त्यतिबेला काठमाडौँको ८३ रन बनेको थियो। 

प्रतिक श्रेष्ठ बोहराको बलमा आउट भए। ६ बलमा एक छक्का हानेका उनी ८ रन बनाएर आउट भए। यता करण केसी पनि पहिलो बलमा १ बलमा आउट भए। उनी नरेन साउदको बलमा क्याच आउट भएका हुन्। 

त्यसपछि साहव आलम पनि साउदकै बलमा १ रन बनाएर आउट भएपछि काठमाडौँको ब्याटिङ कोल्याप्स हुँदा नतिजा सुदूरपश्चिमको पक्षमा गयो। काठमाडौँले जम्मा २ रन एक्ट्रा प्राप्त गर्‍यो।

पहिलो खेलमा सुदूरपश्चिमले विराटनगर किंग्सलाई हराएर उत्कृष्ट सुरूवात गरेको थियो भने काठमाडौँले हिजो कर्णालीलाई हराएको थियो। 

काठमाडौँ पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो। करण केसी काठमाडौँ र दिपेन्द्रसिंश ऐरी सुदूरपश्चिमका मार्की खेलाडी हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.