|

काठमाडौं : चालु आर्थिक वर्षको चार महिनामा दाङमा २६३ वटा उद्योग तथा व्यवसाय बन्द भएका छन्। 

घरेलु तथा साना उद्योग कार्यालयका अनुसार बन्द हुनेमा १०९ उद्योग र १५४ वटा व्यावसायिक फर्म छन्। घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी गोपाल पौडेलका अनुसार जिल्लामा बन्द हुनेमा धेरै वाणिज्यतर्फका व्यवसाय छन्। 

घरेलु तथा साना उद्योग कार्यालयमा उत्पादनमूलक, कृषि तथा वनजन्य, ऊर्जामूलक, खनिजजन्य, निर्माण उद्योग, पर्यटनमूलक, सेवामूलक र सूचना तथा प्रविधिसम्बन्धी उद्योग दर्ता हुँदै आएका छन्। 

जिल्लामा चालु आर्थिक वर्षको चार महिनामा ३५० भन्दा बढी घरेलु तथा साना उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष २०८१÷८२ को साउनदेखि कात्तिकसम्म ३६६ घरेलु तथा साना उद्योग दर्ता भएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.