|

अमेरिकाको क्यालिफोर्नियामा ७ म्याग्निच्यूडको भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार उत्तरी क्यालिफोर्नियाको तटीय क्षेत्र फर्नडेलमा शक्तिशाली भूकम्प गएको हो।

फर्नडे, हम्बोल्ट काउन्टीको एक सानो शहर हो । यो ओरेगन सीमाबाट करिब २०९ किलोमिटर / सान फ्रान्सिस्कोबाट ४१८ किलोमिटर टाढा पर्छ।

भूकम्पपछि उत्तरी क्यालिफोर्निया र दक्षिणी ओरेगनको तटमा ५३ लाख जनामा सुनामी चेतावनी जारी गरिएको थियो। तर पछि उक्त चेतावनी हटाइएको बीबीसीले जनाएको छ।

स्थानीय अधिकारीहरूले भूकम्पपछि कुनै मानवीय क्षति वा ठूलो भौतिक क्षतिको सूचना प्राप्त भएको छैन।

केही घरहरूमा सामान्य क्षति भएको छ। भूकम्पपछि हम्बोल्ट काउन्टीमा १० हजारभन्दा बढी मानिस बिजुलीविहीन भएको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.