|

काठमाडौं : आगामी समरमा अमेरिकामा हुने फिफा क्लब विश्वकप फुटबलको ‘ड्र’ सार्वजानिक गरिएको छ। 

क्लब विश्वकपको नयाँ ट्रफीसमेत सार्वजानिक गरियो। फिफा अध्यक्ष जियानी इन्फान्टिन्होले क्लब विश्वकपको नयाँ ट्रफीको अनावरण गरेका थिए।

गत संस्करणको च्याम्पियन म्यानचेस्टर सिटीले समूह चरणमा इटालियन क्लब युभेन्टसको सामना गर्दा चेल्सीले ब्राजिलियन क्लब फ्लामेङ्गोसँग खेल्ने छ। 

 मेसीको इन्टर मियामिले पोर्चुगिज क्लब पोर्टो तथा इजिप्टिसियन क्लब अल अहलीलगायतसँग खेल्ने छ।

पेप ग्वार्डिओलाको म्यानचेस्टर सिटीले २०२३ मा पहिलो पटक उपाधि जित्न ब्राजिलको फ्लुमिनेन्सलाई पराजित गरेको थियो। आफ्नो उपाधि रक्षा मोरक्कोको विदादविरुद्ध सुरु गर्नेछ। समूह ‘जी’मा उनीहरूले युएइको क्लब अल ऐनसँग पनि खेल्ने छन्।

२०२१ को  विजेता चेल्सी समूह ‘डी’मा रहेको छ, उसले मेक्सिकोको क्लब लियोन र ट्युनिसियाली क्लब एस्पेरेन्स स्पोर्टिभ दे ट्युनिससँग प्रतिस्पर्धा गर्नेछन्।

फिफा क्लब विश्वकपको नयाँ संरचना अनुसार ३२ टोली सहभागी हुने छन्, आगामी वर्ष १५ जुनदेखि १३ जुलाईसम्म संयुक्त राज्य अमेरिकामा प्रतियोगिता सञ्चालन हुनेछ।

समूह ए : पाल्मेरास, एफसी पोर्टो, अल अहली, इन्टर मियामी
समूह बी : पेरिस सेन्ट-जर्मेन (पिएसजी), एट्लेटिको म्याड्रिड, बोटाफोगो, सिएटल साउन्डर्स
समूह सी: बायर्न म्युनिख, अकल्यान्ड सिटी, बोका जुनियर्स, बेनफिका
समूह डी : फ्लामेङ्गो, एस्पेरेन्स स्पोर्टिभ दे ट्युनिस, चेल्सी, क्लब लियोन
समूह ई : रिभर प्लेट, उरावा रेड डायमण्ड्स, मोन्टेरी, इन्टर मिलान
मूह एफ: फ्लुमिनेन्स, बोरुसिया डर्टमण्ड, उल्सान, ममेलोडी सन्डाउन
समूह जी  : म्यानचेस्टर सिटी, विदाद, अल ऐन, युभेन्टस
समूह एच: रियल म्याड्रिड, अल हिलाल, पाचुका, साल्जबर्ग

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.