|

गण्डकी : पोखरा महानगरपालिकाले गहुँखेतीमा किसानको आकर्षण बढाउन अनुदान तथा सहयोगका कार्यक्रम कार्यान्वयन गर्ने भएको छ।

महानगरपालिकाले हिउँदे बाली प्रवर्धन कार्यक्रमअन्तर्गत गहुँखेतीका लागि बीउ, जमिन जोत्ने, थ्रेसिङ गर्नेलगायत कामका लागि अनुदान दिने निर्णय गरेको हो। 

महानगरको कृषि महाशाखाअख प्रमुख मनोहर कडरियाका अनुसार पोखरा महानगपालिका क्षेत्रभित्र हुने गहुँखेतीका लागि न्यूनतम १०० रोपनी क्षेत्रफलको ‘क्लष्टर’लाई आधार मानेर बिउ, जमिन जोत्न र थ्रेसिङ गर्न ५० प्रतिशत अनुदान दिइने छ। 

महानगरपालिकाका वडा नम्बर १३, १९, २३, २६, २७, २८ र ३२ का विभिन्न स्थानमा गहुँखेती प्रवर्धनात्मक कार्यक्रम कार्यान्वयन गरिने छ। यो वर्ष महानगरपालिकाले चार हजार किलोग्राम गहुँको बिउ ५० प्रतिशत अनुदानमा वितरण गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.