काठमाडौँ : कर्णाली याक्ससँग पराजित भएपछि चितवन राइनोजका अलराउण्डर रवि बोपाराले नेपाल खेलाडीमा हिटिङ पावर कमी रहेको बताएका छन्।
खेलपछिको पत्रकार सम्मलेनमा रविले स्कोर गर्न नेपाली क्रिकेटरले हिटिङ पावरमा संघर्ष गरिरहेको बताए। यसका लागि पावर ट्रेनिङ गर्नुपर्ने उनको सुझाव छ।
उनले टस हारेर पहिले ब्याटिङ गर्न सहज नभएको बताए। बिहानको पिचमा खेल्न गाह्रो भएको र त्यो पिचमा १३० रनको योगफल राम्रै बनाएको उल्लेख गरे। पिचअनुरूप यो लक्ष्य रक्षा गर्न पर्याप्त नै रहेको उनको भनाइ छ।
रविले आफ्ना बलरले पनि राम्रै बलिङ गरेको बताए। उनले आफू युएईबाट आएको उल्लेख गर्दै नेपालका मानिस र खाना धेरै राम्रो रहेको भन्दै प्रशंसा पनि गरेका छन्। उनले कप्तान कुशल मल्ल धेरै रमाइलो रहेको बताए। साथै कुशल राम्रो क्रिकेटर पनि रहेको उल्लेख गरे।
कर्णालीका अलराउण्डर जिसान मक्सुदले स्लो पिचमा टस जित्नु सुखद पक्ष रहेको बताए। आफूहरूले टस जित्नु र राम्रो बलिङ नै जितको माध्यम रहेको उनले उल्लेख गरे। अन्तिम ओभरमा चितवनले राम्रो बलिङ गरेको बताए तर त्यो बलमा जित निकाल्नु सहज नभएको उल्लेख गरे।
पहिलो दुई खेलमा हार व्यहोर्दा धेरै दबावमा नरहेको उल्लेख गर्दै मक्सुदले अनुभवी शिखर धवन र अन्य सिनियर खेलाडीलाई एक अर्काले प्रोत्साहन गरेको बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।