|

काठमाडौँ : रास्वपाका सभापति रवि लामिछानेमाथि प्रहरीले अमानवीय व्यवहार गरेको भन्दै उनकी पत्नी निकिता पौडेलले आज राष्ट्रिय मानवअधिकार आयोजमा उजुरी दिएकी छिन्।

हिरासतमा यातना दिएको र अमानवीय व्यवहार भएको उल्लेख गर्दै उनले छानबिनको माग राखेर उजुरी दिएकी हुन्। 

रातारात चितवनबाट पोखरा लगेर सरकारले लामिछानेमाथि राज्य संयन्त्रको दुरुपयोग गरी अमानवीय व्यवहार गरेको निष्कर्ष रास्वपाले निकालेको छ।

रास्वपाले लामिछानेमाथि गैरन्यायिक कार्य गरेको र निजी डायरीसमेत गायब बनाएको आज विज्ञप्ति निकालेर जनाएको छ।

लामिछाने सहकारी ठगी प्रकरणमा हाल कास्की प्रहरीको हिरासतमा छन्। उनी विरुद्ध अन्य ४ जिल्लामा पनि अनुसन्धान भइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.