|

गाजाको उत्तरी शहर बेत लाहियामा एउटा प्रमुख अस्पतालको वरपर इजरायली हमलामा २९ जनाको मृत्यु भएको छ।

उत्तरी गाजाको अन्तिम कार्यरत स्वास्थ्य केन्द्रहरू मध्ये एक कमाल अदवान अस्पताल शुक्रबार धेरै आक्रमणको चपेटामा परेको एजेन्सी र अस्पताल निर्देशकले बताए।

‘अस्पतालको उत्तरी र पश्चिमी भागमा तीव्र र प्रत्यक्ष गोलीबारीसँगै श्रृंखलाबद्ध हवाई आक्रमण भएको थियो। आक्रमणमा चार कर्मचारीको मृत्यु भयो’, अस्पताल निर्देशक होसम अबु सफिहले भने ।

नागरिक सुरक्षा एजेन्सीका प्रवक्ता महमुद बासलले भने, ‘कमाल अदवान अस्पताल वरिपरि इजरायली गोलीबारीका कारण शुक्रबार बिहानदेखि कम्तीमा २९ जनाको मृत्यु भएको छ र कैयौँ घाइते भएका छन् ।’

इजरायली सेनाले अझैसम्म हमलाहरूबारे एएफपीको टिप्पणी अनुरोधको जवाफ दिएको छैन। इजरायली सेनाले अस्पतालमा प्रवेश गरी बिरामीहरूलाई निष्कासन गरी केही प्यालेस्टिनीलाई पक्राउ गरेको बासलले बताए।

अबु साफिहले पछिल्लो आक्रमणपछि अब अस्पतालमा कुनै शल्यचिकित्सक बाँकी नभएको बताए।

बेत लाहिया विगत दुई महिनादेखि तीव्र इजरायली सैन्य अपरेशनको स्थल भएको छ र यो हालैका दिनहरूमा फेरि बढेको छ । बम विस्फोटका बीच हजारौँलाई भाग्न बाध्य पारेको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.