|

काठमाडौं : भरतपुर महानगरपालिकाको सहरी सौन्दर्यसँग जोडिएको पूर्वपश्चिम महेन्द्र राजमार्गको नारायणगढ पुलचोकदेखि टिकौली जंगल छेउको गोन्द्राङसम्म ६ किलोमिटर सडकलाई ६ लेन बनाउने काम अन्तिम चरणमा पुगेको छ। 

२०७७ भदौमा शुरु भएको सडक विस्तारको काम बजेट पर्याप्त नहुँदा ३० प्रतिशत काम बाँकी रहेका कारण बाँकी काम सक्नका लागि काम भाई रहेको भरतपुर डिभिजन सडक कार्यालय बताएको छ ।

शुरुको सम्झौताअनुसार ०७९ फागुन १० मा काम सकिनुपर्ने थियो। तर आधा जति काम मात्रै पूरा भएका कारण म्याद थपेर गत मंसिर २३ सम्म सक्ने लक्ष्य दिइएको थियो । थप म्यादमा पनि काम पूरा नभएपछि फेरि म्याद थपिएको छ । 

मुख्य बजार क्षेत्र भएर जाने सडक विस्तारढिला हुँदा सर्वसाधारणले सास्ती पाएका छन्। 

हेर्नुहोस् तस्विर-

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.