|

सिरियामा विद्रोही समूहले अधिकांश महत्त्वपूर्ण शहर नियन्त्रणमा लिएको छ। यसअघि ठूलो शहर अलेप्पो र हमा नियन्त्रणमा लिएको विद्रोही समूह हयात तहरिर अल-शाम एचटीएसले पछिल्लोपटक राष्ट्रपति बसर अल असदको जन्मभूमिसमेत रहेको डेरा शहर नियन्त्रणमा लिएको हो। 

बेलायतमा कार्यालय रहेको युद्ध निगरानीसम्बन्धी संस्थाले सरकारी सेनासँगको हिंस्रक लडाइँपछि स्थानीय विद्रोही समूहले शहर कब्जा गरेको बताएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार विद्रोही समूह राजधानी दमास्कसको एक सय किलोमिटर दूरीमा पुगेको छ। सीरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार शुक्रबारसम्म विद्रोही समूहले डेरा शहरको ९० प्रतिशत भूभाग कब्जा गरिसकेको थियो। 

जोर्डनको सीमासँग जोडिएको डेरा सहर रणनीतिक महत्वको क्षेत्रका रूपमा रहेको छ । ठूला शहर धमाधम कब्जा गर्दै गएपछि विद्रोही समूहले बशर अल असद नेतृत्वको सरकार उखेलेर फाल्ने चेतावनी दिएको छ । सन् २०११ यता लामो समय चरम युद्ध भोगेको सिरिया पछिल्लो आधा दशक केही शान्त बनेको थियो । पछिल्लोपटक विद्रोही समूह सम्पूर्ण तयारीका साथ सशक्त विद्रोहीमा निस्किएपछि असद नेतृत्वको सरकार संकटमा परेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.