|

काठमाडौं : काठमाडौं अनामनगरमा बांगोटिंगो दाँतको तार बाँधेर अर्थात् ब्रेसेस लगाउने र दाँतको सम्पुर्ण उपचारका लागि  सिभिल ब्रेसेस एण्ड डेन्टल केयर सञ्चालनमा आएको छ। 

सिभिल ब्रेसेस एण्ड डेन्टल केयरको प्रतिनिधिसभाका सांसद चन्द्र प्रसाद भण्डारीको उपस्थितीमा उद्घाटन गरिएको हो।

अर्थो डेन्टीस डाक्टर सीता सापकोटा खरेलले बालबालिकादेखि बृद्धबृद्धासम्म सबैको लागि सम्पुर्ण दाँत सम्बन्धी उपचार हुने स्थानको रुपमा सिभिल ब्रेसेस एण्ड डेन्टल केयर सञ्चालनमा आएको बताइन्। दाँत सम्बन्धी समस्याको भरपर्दो विशेषज्ञबाट उपचार हुनेछ।  

सिभिल ब्रेसेस एण्ड डेन्टल केयरबाट गुणस्तरीय सेवासंगै उद्घाटनको अवसरसंगै आउदो पुस २२ गतेसम्म ३० प्रतिशत छुट पाइने छ। दाँत उपचार हेर्दा सामान्य लागेपछि राम्रो स्थानमा उपाचार नगर्दा समस्या आउने समस्या बढ्दै गएको अवस्थामा एमडिएस अध्ययन गरेकी डाक्टर सापकोटाले आफै डेण्टल सञ्चालन गरेकी हुन्।  सिभिल ब्रेसेस एण्ड डेन्टल केयरको अहिले २५ लाख भन्दा धेरै लगानी भएको छ भने बिस्तारै काठमाडौका अन्य स्थानमा समेत शाखा खेल्ने डाक्टर सापकोटाको योजना छ। 

बांगोटिंगो दाँतको तार बाँधेर अर्थात् ब्रेसेस लगाउने उपचारको लागि सिभिल ब्रेसेस एण्ड डेन्टल केयरमा उपचार हुनेछ। यस्तै दैनिक रुपमा दन्त रोग बिशेषज्ञ (बिडिएस, एमडिएस) बाट दन्त परिक्षण तथा उपचार, गिजा सुन्निएको, स्वास गन्हाउने, गिजाबाट रगत आउने, तथा दन्त हर्षको समेत उपचार हुनेछ। 

डेन्टल केयर दाँत सफा गर्न, टल्काउनेदेखि दाँतमा सिमेन्ट भर्ने र दुखेको दाँत तलैबाट निकाल्ने जस्ता सेवा तत्काल प्राप्त गर्न सकिने सञ्चालक डाक्टर   सापकोटाले बताइन्। डाक्ट। सापकोटा ब्रेसेस उपचारका  लागि स्पेसलिस्ट समेत हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.