|

काठमाडौं : सीरियाका ठूला र रणनीतिक महत्वका सहरहरु कब्जा गरेको विद्रोही समूह राजधानी दमास्कसमा प्रवेश गरेको छ। 

हयात तहरीर अल–शाम समूहले आफ्ना लडाकु दमास्कस प्रवेश गरेको जानकारी टेलिग्राममार्फत् दिएको हो। योसँगै दमास्कसमा गोलाबारीको आवाज सुनिएको समाचारहरुमा जनाइएको छ। यो समूहले दुई हप्ताअघि मात्रै अलेप्पो सहरबाट सैन्य विद्रोह सुरु गरेको थियो। त्यसलगत्तै अलेप्पो कब्जा गरेको समूहले हमा र डेरा सहरसमेत कब्जा गरिसकेको छ। 

पछिल्लोपटक उक्त समूहले सीरियाको सबैभन्दा ठूलो होम्स सहर आफ्नो नियन्त्रणमा आएको घोषणा गरेको छ। होम्स सहर नियन्त्रणमा लिएपछि इस्लामवादी हयात तहरीर अल–शाम समूह राजधानी दमास्कस प्रवेश गरेको हो। 

यसैबीच राष्ट्रपति बशर अल असादले राजधानी छोडेको दाबी गरिएको छ। असाद जहाज मार्फत् अज्ञातस्थल तर्फ फरार भएको रोयटर्सलाई उधृत गर्दै बीबीसीले जनाएको छ। 

सीरियन अब्जरभेटरी फर ह्युमन राइट्सले असादले निजी जहाजमार्फत् दमास्कस छोडेको बताएको छ। उक्त संस्थाले भनेको छ, ‘दमास्कस विमानस्थलबाट एउटा निजी जहाज उडेको छ, सम्भवत उक्त जहाज असाद सवार थियो। त्यसपछि विमानस्थलबाट सरकारी सेनालाई हटाइएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.