|

काठमाडौं : नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सले लगातार चौथो जित हात पारेको छ।  हर्ष थाकरले जनकपुरका लागि ५ विकेट लिएपछि लुम्बिनी ८ गुमाउँदै जम्मा १३५ रनमा समेटिएको छ। 

लुम्बिनीका लागि कप्तान रोहित पौडेल ३५, टम मुर्स ३१, आशुतोष घिरैया १४, अर्जुन साउद २०, बेन कटिङ तीन, साद विन जाफर र विवेक यादव शून्यमा आउट भए। जनकपुरका लागि थाकरको पाँचसहित ललित राजवंशी,किशोर महतो, शेर मल्ल ले एक एक विकेट लिए।

टस हारेर ब्याटिङका उत्रिएको जनकपुर बोल्टका लागि शुभ कन्सकार २४ रन अविजित रहे।  कप्तान अनिल साह ४५, लाहिरू मिलान्था २४, आशिफ शेख १६, हेमन्त धामी नौ,  मोहम्मद मोहसिन तीन, जेम्स निसम एक, ललित राजवंशी र शेर मल्ल शून्य हुँदै १३६ रन बनाएको थियो।

लुम्बिनीका लागि अभिशेष गौतम तीन, कप्तान पौडेल र साद विन जफर समान दुई र सन्दिप जोराले एक विकेट लिए। जनकपुर जारी एनपीएलमा अपराजित छ। उसले यसअघि विराटनगर किंग्स, कर्णाली याक्स र पोखरा एभेन्जर्सलाई हराएको थियो।

 लुम्बिनी भने प्रतियोगितामा जितविहीन छ। यसअघि तीनमा तीनै खेल हारेको लुम्बिनी अंक तालिकामा पनि पुछारमा छ। लुम्बिनी विराटनगर, पोखरा र सुदूपश्चिमसँग हार व्यहोरिसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.