|
तस्वीर : नेपाल फोटो लाइब्रेरी

काठमाडौँ : नेपाल प्रिमियर लिए (एनपिएल) खेल्न नेपाल आएका भारतीय चर्चित क्रिकेटर शिखर धवनले सगरमाथा आधारशिविर (एभरेष्ट बेसक्याम्प)को अवलोकन गरेका छन्।

उनीसहित कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरेसहितको टोलीले आइतबार सगरमाथा आधारशिविर अवलोकन गरेको हो। उनीहरूले ३-४ घण्टा आधारशिविरमा बिताएका थिए। 

सगरमाथा आधारशिविर अवलोकनपछि शिखर आइतबार साँझ एयर इन्डियाको जहाजमार्फत भारत फर्किएका छन्। यसअघि उनले एनपिएलका क्रममा भगवान् पशुपतिनाथको दर्शन गरेका थिए। शिखरले मार्चमा नेपाल भ्रमणमा आउने चाहना व्यक्त गरेका छन्।

कर्णालीबाट ४ खेल खेलेका शिखरले एक अर्धशतक सहित १३६ रन बनाए। उनलाई कर्णालीले प्रत्येक खेलको ३० हजार अमेरिकी डलर पारिश्रमिक दिने गरी एनपिएलमा भित्र्याएको थियो।

भारत फर्किएका उनले नेपालमा एनपिएल खेल्दा राम्रो अनुभव भएको बताए। ‘राम्रो अनुभव भयो। नेपालका खेलाडीलाई केही सिकाउने र मैले पनि केही सिक्ने मौका पाएँ’‚ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.