|

काठमाडौँ : सर्वोच्च अदालतले कोशी प्रदेशका पूर्वमन्त्री लीलावल्लभ अधिकारीमाथि मुद्दा नचलाउने सरकारी वकिल कार्यालयको निर्णयलाई सदर गरेको छ।

न्यायाधीश कुमार चुडालको एकल इजलासले अधिवक्ता दिनेश त्रिपाठीले पेश गरेको रिट निवेदन अस्वीकार गर्ने रजिष्ट्रारको निर्णयलाई निरन्तरता दिएको हो।

सरकारी वकिलको कार्यालयले मानव तस्करी आरोपमा पूर्वमन्त्री अधिकारीमाथि मुद्दा चलाउन नपर्ने ठहर गरेपछि त्यसविरुद्ध अधिवक्ता त्रिपाठी सर्वोच्च गएका थिए। उनको रिट सर्वोच्चकी रजिष्ट्रार भद्रकाली पोखरेलले दरपीठ गरिदिइन्। उक्त दरपीठविरुद्ध त्रिपाठीले दिएको निवेदनमा आज सुनुवाइ भएको हो।

न्यायाधीश चुडालले जिल्ला सरकारी वकिलको कार्यालयले गरेको निर्णयलाई सदर गरिदिएका छन्। अब अधिकारीमाथि मुद्दा चल्ने सबै बाटा बन्द भएका छन्।

मानव तस्करीमा संलग्न एक समूहसँगै तत्कालीन मन्त्री अधिकारी जापान पुगेका थिए। सरकारी वकिलले मन्त्री अधिकारीलाई छाडेर अन्य ११ जनाविरुद्ध मुद्दा दायर गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.