बाजुरा : जिल्लाको पूर्वीउत्तरी भेगको हिमाली गाउँपालिकामा आज जीप दुर्घटना हुँदा सातजना घाइते भएका छन्।
हिमालीको धुलाचौरबाट धीम जाँदै गरेको ग २ च ६३०७ नं को जीप अनियन्त्रित भई दुर्घटना हुँदा त्यसमा सवार १३ जनामध्ये सातजना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जनकबहादुर बोहराले जानकारी दिए।
दुर्घटनामा हिमाली गाउँपालिका–६ धिमका २८ वर्षीय धीरेन्द्र रावत, २२ वर्षीय मानबहादुर बुढा, २८ वर्षीय जङ्गबहादुर रोकाया, ४० वर्षीय जनक रावत, सोही गाउँपालिका–६ का महेन्द्र रावत, ३० वर्षीय बमबहादुर रावत र ४६ वर्षीय कलबहादुर रावत रहेका प्रहरीले जनाएको छ।
घाइतेको कोल्टी आधारभूत अस्पतालमा उपचार भइरहेको छ। आजै सदरमुकाम मार्तडीमा स्कर्पियो दुर्घटना हुँदा एकजनाको घटनास्थलमा र एकजनाको जिल्ला अस्पताल बाजुरामा उपचारका क्रममा मृत्यु भएको थियो। दुर्घटनामा परी तीनजना घाइते भएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।