|

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले आफ्नै अनलाइन पत्रिकामा छापिएको विषयमा मात्रै बोल्न कार्यपालिका सदस्यहरूलाई आग्रह गरेका छन्।

हिजो (आइतबार) काठमाडौं महानगरपालिकाको ३७औँ कार्यपालिका बैठकमा उनले महानगरपालिकाको बाहेक अन्य सञ्चार माध्यमले लेखेको समाचारमा खास आधिकारिक नहुने धारणा राखेका हुन्।

हिजोको बैठकमा विश्वसम्पदा सूची क्षेत्रभित्र पर्ने घर निर्माणको हकमा ५० प्रतिशत वा ९० प्रतिशत दस्तुर मिनाहा हुने हो भन्नेमा स्पष्ट नभएको कुरा उठेको थियो। बाहिर सञ्चार समाचारमा भने विश्वसम्पदा सूचीभित्र पर्नासाथै ९० प्रतिशत दस्तुर मिनाहा पाउने,अन्य सेवासुविधा पनि पाउने भन्ने खालका समाचार प्रकाशित भएको सदस्यहरूले जानकारी दिएका थिए।

त्यसपछि बालेन शाहले भने,‘काठमाडौं महानगरपालिकाको आफ्नै अनलाइनपत्रिका छ,त्यहाँ छापिएका विषयमा बोल्नु, अरू पत्रिकामा आएको विषयमा नबोलौँ,समाचार गलत होला, ऐन कानुनमा भएअनुसार नै हुन्छ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.