|

झापा : प्रधानमन्त्री केपी शर्मा ओलीले पछाडि परेका समुदायलाई शिक्षा र रोजगारीमा सहज पहुँच दिएर अगाडि ल्याइने बताएका छन्। 

झापाको गौरादहमा सोमबार आयोजित ताजपूरिया समाज कल्याण परिषदको २९ औं स्थापना दिवसको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले साना साना उद्योग सन्चालन गरेर रोजगारी सृजना गर्दै उद्यमी बनाउने बाटोमा सरकारले काम गर्ने बताए।

प्रधानमन्त्री ओलीले आफ्नो समाजको कला, संस्कृति र परम्परालाई आधुनिक बनाउँदै निरन्तरता दिन आग्रह गर्दै सो समाजका मागलाई आवश्यक सुनुवाइ गर्न ध्यान दिने विश्वास दिए ।

कार्यक्रममा समाजका अध्यक्ष पूर्णलाल ताजपूरियाले प्रधानमन्त्री ओलीलाई अभिनन्दन गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.