|

काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले फिल्मका माध्यमबाट नेपाली समाजमा बालविवाह रोक्नुपर्ने बताएका छन्।

सोमवार काठमाडौँमा १२औँ नेपाल मानव अधिकार अन्तरराष्ट्रिय चलचित्र महोत्सवको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। उनले बालविवाह कानूनले प्रतिबन्ध लगाइसकेको भए पनि समाजमा अझै कायमै रहेको बताए। 

बालविवाह रोक्नका लागि सिनेमाबाट जनचेतना अभिवृद्धि गर्नुपर्ने बताए। उनले सामाजिक परिवेशमा सिनेमाको माध्यमबाट बालविवाह रोक्नुपर्ने बताए।

‘बालविवाह कानूनले प्रतिबन्ध लगाइसक्यो। कानूनले प्रतिबन्ध लगाइसके पनि समाजमा चलिरहेको छ। समाजमा रोकिएको छैन तर कानूनले प्रतिबन्ध लगाइसकेको छ‚’ उनले भने, ‘हामीले फिल्महरुमार्फत हामीले बालविवाहसम्बन्धी जनचेतना फैलाउनु पर्छ। सामाजिक परिवेशमा सिनेमाको माध्यमबाट बालविवाह रोक्नुपर्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.