काठमाडौँ : काठमाडौँ महानगरपालिकाले ३० औं महानगरदिवसकाे कार्यक्रम न्यूनतम ५० जनाको संख्यामा झाँकी प्रदर्शनसहित उपस्थित हुन सबै वडालाई निर्देशन दिएको छ। महानगरपालिकाले सूचना जारी गर्दै ब्यानरसहित आ-आफ्नो मौलिक र परम्परागत वेषभूषा, बाजागाजासहितको झाँकी प्रदर्शनसहित उपस्थित हुन निर्देशन दिएको हो।
सूचनामा भनिएको छ, ‘३० औं महानगरदिवसको उपलक्ष्यमा तहा वडाबाट न्यूनतम ५० जनाको संख्यामा ब्यानर सहित आ-आफ्नो मौलिक र परम्परागत वेषभूषा, बाजागाजा सहितको झाँकी प्रदर्शन गर्ने निर्णय भएको हुँदा झाँकीसहित उपस्थितिका लागि अनुरोध छ।’
महानगरपालिकाले यही मंसिर २९ गते शनिवार ३० औं महानगर दिवस मनाउँदै छ। महानगरपालिकाले उक्त अवसरमा टुडिँखेलमा ख्यातिप्राप्त कलाकारहरूको सांस्कृतिक प्रस्तुति हुने जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।