|

काठमाडौँ : पछिल्लो समयमा सामाजिक अपराधजन्य घटनामा वृद्धि भएको नेपाल प्रहरीको तथ्यांकले देखाएको छ। बुधवार नेपाल प्रहरीले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकको तथ्यांक सार्वजनिक गर्दै सामाजिक अपराधका घट्नाहरु बढ्दो क्रममा रहेको जनाएको हो।

चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको मुद्दा दर्ता विवरण सार्वजनिक गर्दै नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले दैनिक औैसतमा १६२ वटा मुद्दा दर्ता हुने गरेको बताए। 

उनले आत्महत्याका दैनिक २० वटा घट्ना र जबरजस्तीकरणीका दैनिक ७ वटा मुद्दा दर्ता हुने गरेको बताए। उनले गत आर्थिक वर्षको पहिलो चार महिनाको तुलनामा यस वर्षको सोही अवधिमा अपराधका घट्नाहरु बढेको पनि जानकारी दिए।

उनले कर्तव्य ज्यानमा गत वर्षको यो अवधिमा १९३ मुद्दा दर्ता भएको र यो वर्ष १९२ मुद्दा दर्ता भएको बताए। त्यस्तै जबरजस्ती करणीमा कात्तिक मसान्तसम्म ८२३ वटा मुद्दा दर्ता भएका छन्। गत आर्थिक वर्षको सोही अवधमिा ८०९ वटा मुद्दा दर्ता भएका थिए।

करणीको उद्योगमा गत आर्थिक वर्षको पहिलो चार महिनामा १६३ मुद्दा दर्ता भएको र यस वर्षको सोही अवधिमा बढेर १८६ वटा पुगेको छ। संगठिक अपराधमा गत वर्ष ५ वटा मुद्दा परेकोमा यस वर्ष ३९ मुद्दा दर्ता भएका छन्।

लागुऔषधसम्बन्धी मुद्दा गत आर्थिक वर्षको पहिलो चौमासिकमा १ हजार ३६९ रहेकोमा अहिले बढेर १ हजार ६१९ पुगेको छ। सामाजिक र आर्थिक अपराध कम गर्नका लागि प्रहरीले देशभर सचेतना अभियान सञ्चालन गरिरहेको प्रहरी प्रवक्ता अधिकारीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.