सुर्खेत : वीरेन्द्रनगर–४ भैरवस्थानको समावेशी टोलमा कोईला बालेर सुतेका आमा, छोरा र छोरीमध्ये आमा र छोराको निसास्सिएर मृत्यु भएको हो।
मृत्यु हुनेमा ३० वर्षीय देवीसरा थापा घर्ती र ६ वर्षीय छोरा रियान घर्ती रहेका छन्। गम्भीर घाइते नौ वर्षीया रिया घर्तीको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी वीरेन्द्रन वीर विश्वकर्माले जानकारी दिए।
‘बुधबार राती खाना खाएर सुतेका तीन जना विहान अबेरसम्म नउठेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए,’ उनले भने, ‘प्रहरीले ढोका फोडेर उहाँहरूलाई तत्कालै अस्पताल पु¥याइएको थियो। चिकित्सकले आमा र छोरालाई मृत घोषणा गर्यो तर रियाको मुटुको चाल चलिरहेको पाइएपछि सघन उपचार कक्षमा अहिले उपचार भइरहेको छ।’
उनीहरू सुतेको कोठामा झ्याल लगाइएको र तसलामा कोईला बलिरहेको अवस्थामा फेला परेको प्रहरीको भनाई छ। कोठामा कोईला बाल्दा कार्बनमोनोअक्साइड ग्यास भरिएको र अक्सिजनको मात्रा कम भएकाले निसास्सिएर नै मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।