|

विराटनगर : नेपाल पत्रकार महासंघ मोरङले विराटनगरको न्यूरो अस्पतालसँग स्वास्थ्योपचार सेवाका लागि थप ३ वर्षका लागि सम्झौता गरेको छ।

आज (बुधबार) न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल विराटनगर र महासंघ मोरङबीच थप ३ वर्षका लागि सम्झौता गरिएको हो।

अस्पतालकी कार्यकारी निर्देशक अनिशा विष्टको उपस्थितिमा  सम्झौतामा हस्ताक्षर भएको हो।

सम्झौतानुसार अस्पतालले निःशुल्क ओपिडी सेवा (पत्रकारका परिवारलाई पनि), निःशुल्क आकस्मिक सेवा, निःशुल्क एम्बुलेन्स सेवा (विराटनगरभित्रका पत्रकारका लागि), निःशुल्क प्याथोलोजी सेवा, निःशुल्क एक्सरे, अल्ट्रासाउण्ड, इसिजी, इको, इन्डोस्कोपी, क्लोनोस्कोपी सेवा, बेड चार्ज निःशुल्क, निःशुल्क फिजियोथेरापी सेवा उपलब्ध गराउनेछ।

५० प्रतिशत छुटअन्तर्गत एमआरआई, सिटी स्क्यान, सिटी एन्जियोग्राफी, क्याथल्याब (एन्जियोग्राफी, एन्जियोप्लास्टी, पेशमेकर), सबै प्रकारका शल्यक्रिया, आइसियू, सिसियू, भेन्टिलेटर, बोनम्यारो डेनसिटी, इइजी, एनसिभी, एनसिएस, टिएमटी, एबिपिएस, होल्टर, कार्डियोग्राफी, बेड चार्ज, फिजियोथेरापी सेवा अस्पताले उपलब्ध गराउने अस्पतालका निर्देशक राजेश  भट्टराईले बताए।

पत्रकारका आश्रित परिवारलाई ४० तथा ३० प्रतिशत छुटमा विभिन्न स्वास्थ्य सेवा दिने सम्झौता भएको छ।

नेपाल पत्रकार महासंघ मोरङका साधारण सदस्यहरू र महासंघको सिफारिसमा सक्रिय पत्रकारिता गरिरहेकाहरूलाई न्यूरो हस्पिटलले उपचार गर्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.