|

काठमाडौं  ः एफए कपमा म्यानचेस्टर सिटीले साल्फोर्डलाई ८–० को विशाल गोल अन्तरले पराजित गरेको छ। 

गएराति सम्पन्न खेलमा सिटीले जनवरी २०१९ पछिको आफ्नो सबैभन्दा ठूलो जित हात पार्दा साल्फोर्ड प्रतियोगिताबाट नकआउट भएको छ। 

सिटीको जितमा ज्याक ग्रिलिशले एक वर्षभन्दा बढी समयपछि गोल गरे भने जेम्स म्याकएटीले दोस्रो हाफमा ह्याट्रुक पूरा गरे। सीटीले पहिलो हाफमा ३–० को अग्रता बनायो। उसले दोस्रो हाफमा ५ गोल थप्यो। गएराति नै भएको अर्को खेलमा 
 लिभरपुलले एक्रिंग्टन स्टेनलीमाथि ४–० को जित हात पार्दै चौथो चरणमा स्थान सुरक्षित गरेको छ।

टोटनहमसँग बुधबार भएको काराबाओ कपको सेमिफाइनलको पहिलो लेगमा सिजनको दोस्रो हार बेहोरेको लिभरपुलले लिग टु टोलीविरुद्ध भने सहज जित हात पार्यो। 

प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुलका लागि डार्विन नुनेजले २९ औं मिनेटमा पहिलो गोल गरे । ट्रेन्ट अलेक्ज्यान्डर–अर्नोल्डले हाफ टाइमभन्दा ठीक अघि गोल गर्दा मध्यान्तर सम्म लिभरपुलले २–० को अग्रता बनायो। 

७६ औं मिनेटमा वैकल्पिक खेलाडी जेडेन ड्यान्सले रिबाउन्डमा आएको बलमा गोल गर्दै लिभरपुललाई ३–० ले अघि बढाए। फेडेरिको चियासाले ९० औं मिनेटमा गोल गर्दै लिभरपुललाई ४–० को फराकिलो जित दिलाउन सहयोग गरे।

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.