विराटनगर : प्रदेश सरकारले कोशी प्रदेशको हिउँदे अधिवेशन माघ ७ गते बोलाउने निर्णय भएको छ।
आइतबार बिहान बसेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले माघ ७ गतेबाट प्रदेशको हिउँदे अधिवेशन बोलाउनका लागि सिफारिस गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले मन्त्रीपरिषद् बैठकले बैठक आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको बताए।
सरकारको सिफारिसका आधारमा प्रदेश प्रमुख पर्शुराम खापुङले बैठकको आह्वान गर्नेछन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।