|

काठमाडौं : नेवारी परम्परामा ईहि अर्थात बेलविवाहको प्रचलन रहेको छ। आज बेल विवाह नगरेका एक सय ३८ जना कन्या कुमारीको पूजा सम्पन्न भएको हो।

काठमाडौं महानगरपालिका १२ वडा ह्युमतमा रहेको ह्युमत महिला समूहको आयोजनामा तेस्रो पटक आयोजना गरेको पूजामा एकसय ३८ कन्याहरुलाई बज्रयान पुजाविधि अनुसार पूजाअर्चना गरिएको थियो।

सर्वप्रथम वसन्तपुरस्थित राजकीय कुमारीको पूजापश्चात पूजा शुरु गरिएको थियो। पूजामा टोलका आठजना थकालीहरुको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.