|

काठमाडौं :  चलचित्रको माध्यमबाट थाहा नगरपालिकाको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यसहित थाहा कला केन्द्र, मकवानपुरले आयोजना गरेको थाहा फिल्म फेस्टिभलको दोस्रो संस्करण सुरु भएको छ । फेस्टिभल माघ १ गतेसम्म चल्ने छ।

बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयको सहयो गमा भएको फे स्टिभल थाहा नगरपालिका–६ स्थित वज्रवाराही हलमा चलचित्र, लघुचलचित्र र वृत्तचित्र प्रदर्शनी गरिने भएको छ।  तीन दिनसम्म चल्ने फेस्टिभलको आइतबार बागमती प्रदेश सभाका सदस्य एवं नेपाली कांग्रेस बागमती प्रदेश समितिका सभापति इन्द्रबहादुर बानियाँले उद्घाटन गर्दै चलचित्रको माध्यमबाट पर्यटन प्रवर्धनसँगै स्थानीय कला र संस्कृतिको संरक्षणमा जोड दिए।

थाहा फिल्म फेस्टिभल–२०२५ आयोजक समितिका संयोजक प्रमोदकृष्ण जोशीको अध्यक्षतामा भएको कार्यव्रmममा वडा नं. ६ का वडाध्यक्ष राजेन्द्रभक्त श्रेष्ठ, आयोजक समितिका सहसंयोजक राजीवकुमार स्याङ्तानले थाहा नगरमा चलचित्र छायाङ्कनका लागि उपयुक्त स्थल धेरै भएकाले प्रचारप्रसार र संरक्षण आवश्यक भएको बताए। फेस्टिभलमा चलचित्र, लघुचलचित्र र वृत्तचित्र गरी २१ वटा चलभित्र छनोट गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.