|

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार नवनिर्मित संसद् भवनको निरीक्षण गरेका छन्। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले राष्ट्रपति पौडेललाई स्वागत गरेका थिए।

सिंहदरबारभित्र १५१ रोपनीमा क्षेत्रफलमा निर्माण भइरहेको संसद्‌ भवन निर्माण सकिएपछि नयाँ बानेश्वरको संसद् भवन त्यहीँ सर्नेछ। नवनिर्मित संसद् भवन पाँच तलाको छ।

नयाँ भवनमा राष्ट्रियसभा, प्रतिनिधिसभा, संसद् सचिवालय, विभिन्न दलका संसदीय दलको कार्यालय र विभिन्न समितिका कार्यालय बनाइने छन्। संघीय संसद् भवनमा प्रतिनिधिसभा, राष्ट्रियसभा, सचिवालय, दलका कार्यालय, पुस्तकालय, चमेनागृहलगायत रहनेछन्।

राष्ट्रियसभा २९० र प्रतिनिधिसभासहित संयुक्त बैठकका लागि ३५० सिट क्षमताको हल बन्ने बताइएको छ। कुल सात अर्ब ७३ करोड ५२ लाख चार हजार ७३१ को लागतमा भवन निर्माण भइरहेको हो। भवन निर्माणको काम छिट्टै सक्न भनी सभामुख घिमिरेले समेत विभिन्न समयमा ताकेता गर्दै आएका छन्।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.