|

अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस) का अनुसार सोमवार राति जापानको दक्षिण–पश्चिमी क्षेत्रमा ६.८ म्याग्निच्युडको भूकम्प गएको छ।

भूकम्पका कारण अधिकारीहरूले सुनामीको चेतावनी जारी गरेका छन्।

जापान मौसम विज्ञान एजेन्सी (जेएमए)ले क्युशु क्षेत्रको मियाजाकी प्रिफेक्चर नजिकै भूकम्प गएपछि राति २१:१९ बजे एक मिटर (तीन फिट) सम्मको सुनामी छाल आउनसक्ने बताएको छ।

युएसजिएसले आफ्नो अनुमान ६.९ म्याग्निच्युडबाट घटाएर ६.८ गर्दै यो भूकम्पबाट कुनै सुनामीको खतरा नभएको बताएको छ। 

तैपनि जेएमएले जनतालाई तटीय पानीबाट टाढा रहन आग्रह गरेको छ। एजेन्सीले एक्समा भनेको छ, “सुनामी बारम्बार आउन सक्छ। कृपया समुद्रमा नजानुहोस् वा तटीय क्षेत्रहरू नजिक नजानुहोस्।”

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.