|

काठमाडौं : माघे संक्रान्तिको अवसरमा नेताहरू शीतल निवासमा भेला भएका छन् ।

सो अवसरमा आज बिहान राष्ट्रपति रामचन्द्र पौडेलले माघी पर्वको शुभकामना व्यक्त गरे।शीतल निवासमा आज माघे संक्रान्तिको अवसरमा खाइने घ्यू,चाकु, तरुलको भोजको समेत आयोजना गरिएको छ।

माघी पर्वको अवसरमा आज शितल निवासमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वराष्ट्रपतिद्वय डा. रामवरण यादव, विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्रीहरू झलनाथ खनाल, माधव नेपाल लगायतका नेताहरूको उपस्थिति रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.