काठमाडौं : काठमाडौं बस्दै आएका थारु समुदायले माघे संक्रान्तिको आज माघी धुमधामका साथ मनाएका छन्। माघे संक्रान्तिको दिन मङ्गलबार काठमाडौंको वसन्तपुर दरबारबाट र्यालीसहित टुँडिखेलमा पुगी ‘माघी महोत्सव’को आयोजना गरी थारु समुदायले आफ्नो महानपर्व माघी धुमधामका साथ मनाएका हुन्।
यसै अवसर पारेर थारु समुदायले आफ्नो संस्कृति झल्कने खालको पहिरनमा सजिएर नाचगानसहितको प्रदर्शन पनि गरेका छन्। माघी महोत्सवमा काठमाडौंमा रहेका सबै आफन्तलाई बोलाएर मिष्ठान्न भोजनसहित शुभकामना समेत आदानप्रदान गरिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।