|
फाइल तस्वीर

इजरायल–हमास युद्ध अन्त्य गर्न १५ महिनाभन्दा बढी समयपछि वार्ताको ‘अन्तिम चरण’ आज (मंगलवार) कतारमा शुरु हुने वार्ताबारे जानकार एक स्रोतलाई उद्धृत गर्दै अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

“आज दोहामा अन्तिम चरणको वार्ता हुने अपेक्षा गरिएको छ”, वार्ताको संवेदनशीलताका कारण नाम नछाप्ने शर्तमा स्रोतले बतायो, “मंगलवारको बैठक सम्झौताको बाँकी विवरणलाई अन्तिम रूप दिने उद्देश्यले गरिँदै छ।”

इजरायलका गुप्तचर निकायका प्रमुखहरू, आगामी र निवर्तमान अमेरिकी प्रशासनका मध्यपूर्व दूतहरू र कतारका प्रधानमन्त्री वार्तामा सहभागी हुने उक्त स्रोतलाई उद्धृत गर्दै उल्लेख गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ। “मध्यस्थकर्ताहरूले हमाससँग छुट्टै वार्ता गर्नेछन्”, स्रोतले भन्यो।

इजरायल र हमासबीच गाजा युद्ध अन्त्य गर्न र प्यालेस्टिनी क्षेत्रमा बन्धकहरूलाई रिहा गर्न मध्यस्थकर्ताहरू कतार, अमेरिका र इजिप्ट महिनौँदेखि वार्तामा संलग्न रहेका छन्।

जनवरीको शुरुदेखि दोहामा अप्रत्यक्ष वार्ता पुनः शुरु भएको छ।

वार्ताबारे जानकार एक स्रोतले सोमवार बताएअनुसार कतारमा भएको वार्तामा ‘बाँकी रहेका अड्चनहरूमा उल्लेखनीय प्रगति’ भएको छ र पक्षहरूलाई नयाँ ‘ठोस’ प्रस्ताव प्रस्तुत गरिएको छ।

स्रोतले दुवै पक्षबाट प्रारम्भिक ‘सकारात्मक’ प्रतिक्रिया प्राप्त भएको बताएको एएफपीले जनाएको छ।

स्रोतका अनुसार प्रस्तावमा प्रारम्भिक आदानप्रदानमा सयौँ प्यालेस्टिनी कैदीको साटो ३० जनाभन्दा बढी इजरायली बन्धकलाई रिहा गरिनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.