काठमाडौं : बाँकेमा बस र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसारमोटरसाइकलमा सवार दुईजनाको ज्यान गएको हो।
मंगलबार साँझ राप्तीसोनारी-७ फत्तेपुर सर्रामा नरैनापुरबाट नेपालगञ्ज जाँदै गरेको भे १ ख ३७७४ नम्बरको बस र फत्तेपुरबाट नेपालगञ्जतिर आइरहेको भे ६ प ८८३६ नम्बरको मोटरसाइकल ठोक्किएका हुन्।
गम्भीर घाइते भएका मोटरसाइकल चालक राप्तीसोनारी-७ फत्तेपुर सर्राका २७ वर्षीय दिलबहादुर थारु र पछाडि सवार २३ वर्षीय राजेश थारुको उपचारका क्रममा नेपालगञ्जमा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय बाँकेका निमित्त प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक नन्द प्रसाद पोखरेलले बताए।
प्रहरीका अनुसार दुर्घटनालगत्तै बस चालक फरार भएका थिए। तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।