काठमाडौं : लुम्बिनी विकास बैंक लिमिटेडले १७औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ। पुस २९ सोमबार सम्पन्न साधारण सभाले आ.व. २०८०/८१ को सेयरधनी महानुभावहरुलाई ४.०० प्रतिशत नगद लाभांश र ३.०० प्रतिशत बोनस सेयरसहित कुल ७.०० प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गरेको छ।
बैंकका सञ्चालक समितिका अध्यक्ष श्री चिन्तामणी भट्टराईको अध्यक्षतामा सम्पन्नसभामा आ.ब. २०८०/८१ को वार्षिक प्रतिवेदनउपर सहभागी सेयरधनीहरूले राखेका जिज्ञासाहरुको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले स्पष्ट पारेका थिए।
देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरी कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको विभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) स्थापना भएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।