|

चीनले तिब्बती पठारको पूर्वी भागमा ब्रह्मपुत्र नदी (यारलुङ त्साङ्पो) मा विश्वकै ठूलो बाँध निर्माण गर्दै छ। यो बाँधले बङ्गलादेशका जमुना नदी र यसको आसपासको भूभागमा ठूलो असर पार्नेछ।

मनसुनको समयमा बाँधबाट ठूलो मात्रामा पानी छोड्दा जमुना नदीमा बाढी आउन सक्ने तथा  सुक्खा मौसममा पानी रोकेर जमुना सुकाउने खतरा बढेको छ।

ब्रह्मपुत्र नदीको प्राकृतिक मार्ग परिवर्तन हुँदा बङ्गलादेशको नदी प्रणालीमा गम्भीर असर पर्नसक्छ। यो क्षेत्र भूकम्प संवेदनशील भएकाले बाँधको संरचना भूकम्पको जोखिम पनि बढाउने डर छ।

यो परियोजनाको लागत १३७ अर्ब डलर छ, जसले वार्षिक ३०० अर्ब किलोवाट—घण्टा बिजुली उत्पादन गर्ने दाबी गरिएको छ। तर यसको मूल्य बङ्गलादेशले पर्यावरणीय क्षति, बाढी, र सुक्खा प्रकोपको रूपमा चुकाउनुपर्ने छ।

यस बाँध निर्माणले जमुना नदी क्षेत्रका लाखौँ मानिस विस्थापित हुने, पर्यावरणीय असन्तुलन हुने, र बङ्गलादेशको भविष्यलाई संकटमा पार्ने खतरा रहेको बताइन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.