|

चीन भूकम्प नेटवर्क केन्द्रकाअनुसार गत हप्ता दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा गएको ६.८ म्याग्निच्युडको भूकम्पपछि कुल ३ हजार ६१४ पराकम्पहरू गएका छन्।

धेरैजसो परकम्पहरू ३.० म्याग्निच्युडभन्दा कम थिए। ४.९ म्याग्निच्युडको एउटा र ५.० म्याग्निच्युडको अर्को दुई शक्तिशाली परकम्पहरू सोमबार राति आएका थिए। जसले काउन्टीमा केही घरहरू भत्काएको बताइएको छ।

जनवरी ७ मा विश्वको सर्वोच्च शिखर माउण्ट कोमोलाङ्माको उत्तरी आधार शिविरको घर डिङ्ग्रीमा ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो।  जसमा १२६ जनाको मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.