|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भूमिसम्बन्धी अध्यादेश आज जारी हुने बताएका छन्। बुधबार बिहान बालुवाटारमा उद्योगी व्यवसायीहरुले अध्यादेशका सम्बन्धमा दिएको धन्यवाद ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले भूमिसम्बन्धी अध्यादेश जारी भएसँगै भूमि सम्बन्धित समस्याहरु समाधान गर्ने उल्लेख गरे। प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व गर्नेहरुले केही विकास गरौँ भन्ने इच्छाशक्ति नदेखाउँदा अहिलेको अवस्था आएको बताए।

उनले देशको अर्थतन्त्रलाई सम्पूर्ण क्षेत्रमा गतिशिल कसरी बनाउने? भन्ने दिशामा सरकारले सोच्न जरुरी रहेको बताए। उनले अध्यादेशहरु ल्याएसँगै कांग्रेस र एमालेको सरकार चाँडै ढल्दैछ भन्ने जस्ता भ्रम फैल्याइएको बताए।

उनले सरकारले सकारात्मक दूरगामी महत्वका नीति निर्माण गरिरहेको बताए। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै प्रधामन्त्री ओलीले देश र जनताको मतलव नहुनेले राम्रा काम हुँदा पनि विरोध मात्रै गरिरहेको बताए।

विकास, सुशासनका कामहरु नगर्ने र आफ्नो पीठो बिकाउने काममा मात्रै लाग्ने गरेको उनको टिप्पणी थियो।

प्रधानमन्त्री ओलीले भने, ‘अहिले केही अध्यादेशहरु आएका छन्। यी अध्यादेश कसरी आए? एउटा बजार हल्ला छ, काँग्रेस र एमालेका नीति नमिलेर, विचार नमिलेर अब यो छिटै फुट्दैछ,सरकार छिटै ढल्दैछ, गिरिहाल्न आँट्यो यस्ता हल्ला छन्। सरकार आपसमा बसेर यस्ता सकारात्मक दूरगामी महत्वका नीति निर्माण गर्दैछ। प्रभावकारी ढंगले कदम चाल्दैछ। यस सन्दर्भमा म नेकपा एमाले, नेपाली काँग्रेसका नेताहरुलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु, आखिर देश बनाऔँ भन्ने भावना त सबैमा छ। केही मान्छे मात्रै हुँदा रहेछन्, जो आफ्ना स्वार्थका लागि देशको कुनै मतलव छैन, जतिबेला पनि अन्टसन्ट बोलिरहने। यी केही अध्यादेश छन्। आज अर्को भूमिसम्बन्धी अध्यादेश पनि आउँछ।'

प्रधानमन्त्री ओलीले अहिले रहेको अस्तव्यस्त बनाउने नीतिहरु सच्याउने प्रयासमा सरकार लागेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.