|

काठमाडौँ : सहकारी ठगी प्रकरणमा काठमाडौँ जिल्ला अदालतको आदेशपछि ६० लाख धरौटी बुझाएर निस्किएका रास्वपाका सभापति रवि लामिछानेले न्याय अझै नमरेको टिप्पणी गरेका छन्। 

उनले आफ्ना समर्थकहरूका बीचमा उभिएर संक्षिप्त प्रतिक्रिया दिँदै सो कुरा बताएका हुन्। उनले सहयोग गर्ने सबैलाई धन्यवाद दिए भने न्यायालयप्रति सम्मान रहेको बताए।

उनले भने, 'सहयोग गर्ने सबैलाई धेरैधेरै धन्यवाद दिन चाहन्छु, न्याय प्रक्रियालाई सघाउन आएको हुँदा अदालतप्रति सम्मान प्रकट गर्न चाहन्छु, न्यायालयलाई विशेष धन्यवाद दिन चाहन्छु, यो देशमा न्याय मरेको छैन।'

पूर्वगृहमन्त्री लामिछानेलाई ६० लाख धरौटीमा छाड्न काठमाडौँ जिल्ला अदालतले आज आदेश दिएको थियो। न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उक्त आदेश दिएको हो। काठमाडौँ कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनको आरोपमा उनीविरुद्ध मुद्दा परेको थियो। 

यसअघि पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा ६५ लाख धरौटी बुझाएर उनी छुटेका थिए। अझै ३ जिल्लामा उनीविरुद्ध सहकारी ठगीको मुद्दा विचाराधीन छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.