काठमाडौँ : खानेपानीमन्त्री प्रदीप यादवले युनिसेफ नेपाललाई खानेपानी तथा सरसफाइको क्षेत्रमा आवश्यक सहयोगको आग्रह गरेका छन् ।
आज मन्त्रालयमा मन्त्री यादव तथा नेपालका लागि युनिसेफका प्रतिनिधि एलिस् अकुङ्गाबीच भएको भेटघाटमा उनले सो आग्रह गरेका हुन्।
मन्त्री यादवले विसं २०७६ असोज १३ गते नेपाल एसियाकै प्रथम खुला दिसामुक्त राष्ट्र घोषणा गर्न सहयोग गर्ने विकास साझेदार संस्थामध्ये युनिसेफ भएको बताउँदै प्रशंसा गरेका थिए।
सोही क्रममा मन्त्री यादवले दिगो विकास लक्ष्य अन्तर्गत खानेपानी सरसफाइ तथा स्वच्छता (वास)सम्बन्धी लक्ष्य पूरा गर्न दीर्घकालीन रणनीतिक योजना बनाउन युनिसेफसँगको सहजीकरण आवश्यक रहेको धारणा राखे।
पानीको गुणस्तर जाँच, शुद्धीकरण र गुणस्तरीयता मापन, दातृ निकायसँग एकद्वार प्रणालीमार्फत परियोजना सञ्चालनलगायतका विषयमा विषयमा छलफल भएको मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।