|

काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसले सत्तासाझेदार दल नेकपा एमालेसँग कुनै पनि समस्या नरहेको निष्कर्ष निकालेको छ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहीबार बसेको संघीय संसदीय दलको कार्यसमितिको बैठकले यस्तो निष्कर्ष निकालेको गृहमन्त्री रमेश लेखकले बताए।

सत्ता गठबन्धन दलभित्र समस्या रहेको चर्चा चलिरहेका बेला कांग्रेसले यस्तो निष्कर्ष निकालेको हो।

बैठकमा पार्टी पदाधिकारी, सरकारमा सहभागी मन्त्रीहरू र संसदीय दल कार्यसमितिका पदाधिकारी सहभागी थिए।

‘नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनेको छ। हाम्रा बीचमा कुनै समस्या छैन। दुई दल सम्मिलित सरकारमा कुनै बाधा, व्यवधान अफ्ठेरो छैन भन्ने हाम्रो निष्कर्ष हो।’ बैठकपछि गृहमन्त्री लेखकले भने।

बैठकमा सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमति अनुसार समीकरण अगाडि लैजाने कुरामै केन्द्रित भएर काम गर्न निर्देशन दिएको उनले बताए।

नागरिकलाई बढिभन्दा बढि सेवा प्रवाह गर्ने, सुशासन कायम गर्ने र आर्थिक समृद्धिमा मुलुकलाई लैजाने गरी मन्त्रीहरूले काम गर्नुपर्ने निष्कर्ष पनि बैठकले निकालेको गृहमन्त्री लेखकले बताए।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.