|

काठमाडौं : त्रिवि क्रिकेट मैदानमा नेपालका राजनीतिक नेता र कलाकारहरूबीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना गरिएको छ।

आगामी साता सुरू हुन लागेको जय नेपाल कपको पूर्वरार्धमा आयोजना गरिएको प्रतियोगितामा कलाकार र नेताहरूले १० विकेटको खेल खेलेका छन्।

प्रतियोगितामा रेखा थापा, जितु नेपाल, केकी अधिकारी, प्रा.डा. सुरेन्द्र भण्डारी, धीरज राई, स्वागत नेपाल, बद्री पंगेनी, टीकाराम यात्री, विजय बराल, शिव श्रेष्ठ, प्रकाश सपुत, निर शाह, डा. शेखर कोइराला, गगन थापा, विश्व प्रकाश शर्मा, जीवन परियार, गृहमन्त्री रमेश लेखक, योगेश भट्टराई, महेश बस्नेत, भीम रावल, रामकुमारी झाँक्री, मीनेन्द्र रिजाल, खेलकुद मन्त्री तेजुलाल चौधरी लगायतलाई आमन्त्रण गरिएको आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.