|

काठमाडौं :  आइसीसी यू–१९ महिला टी २० विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बंगलादेशविरुद्धको डेब्यू खेलमा नेपाल ५२ रनमै समेटिएको छ।

मलेसियाको बांगीमा टस हारेर पहिला ब्याटिङमा तानिएको नेपाल १८.२ ओभरमा अलआउट हुँदै ५२ रन जोडेको हो।

नेपालका लागि सना प्रविनले सर्वाधिक १९ रन बनाइन्। सिमाना केसीले १० रन बनाउनुबाहेक अरू खेलाडीले दोहोरो अंकमा रहन बनाउन सकेनन्।

एलिसा यादव ४, तिर्सना विश्वकर्मा र रचना चौधरी ३, कप्तान पूजा महतो २ , किरण कुँवर र सावित्री धामी १/१ रनमा आउट भए।

अनु कडायत र सोनी पाख्रिन शून्यमा पभेलियन फर्किए। रिया शर्मा ५ रनमा अविजित रहिन्। अब केहीबेरमा बंगलादेशले जवाफी ब्याटिङ सुरु गर्नेछ।

गत डिसेम्बरमा मलेसियामै भएको यू–१९ एसिया कपमा नेपाल बंगलादेशसँग नै हारेको थियो। विश्वकपमा नेपालसहित १६ राष्ट्रको सहभागिता छ।

दोस्रो संस्करणसम्म आइपुग्दा पहिलो पटक खेल्न लागेको नेपाल समूह ‘डी’मा परेको छ। ​बंगलादेशसँगै भारत र स्कटल्याण्ड पनि नेपालकै समूहमा छन्। 

नेपालले माघ ७ गते स्कटल्याण्डसँग र माघ ९ गते अष्ट्रेलियासँग खेल्नेछ। अष्ट्रेलिया र बंगलादेश दुबै नेपाल भन्दा बलिया टिम हन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.