|

रुकुम पश्चिम : रुकुम पश्चिमको चौरजहारीमा मोटरसाइकल दुर्घटनामा परेर एक युवाको मृत्यु भएको छ। 

चौरजहारी नगरपालिका –१ लामिछाने गाउँ निवासी ३२ वर्षीय चिरञ्जीवी लामिछानेको आज बिहान दुर्घटनामा परेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम प्रहरी नायब उपरीक्षक प्रमेश विष्टका अनुसार चौरजहारी बजारबाट घरतर्फ जाने क्रममा लामिछानेले चलाएको कर्णाली प्रदेश ०३–००१ प ०४७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो। 

घर पुग्ने क्रममा आज बिहान २ बजे मोटरसाइकल दुर्घटना भएको र उपचारको लागि चौरजहारी ल्याइएको थियो। उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.