|

काठमाडौँ : पर्साको वीरगञ्ज महानगरपालिका–१९ बर्वाबाट १९५ किलो अवैध लागुऔषध गाँजासहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ रमनटार बस्ने ३६ वर्षीय सुकलाल महर्जनलाई गतराति प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। बा प्र ०३–००१ ख ३५८७ नम्बरको ट्रकबाट उक्त गाँजा झारी परालमा लुकाई भाग्ने क्रममा ट्रकचालक सुकलाललाई पक्राउ परेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.