|

काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज २ हजार ६ सय अंकभन्दा माथि उक्लिएको छ। आजको कारोबारपछि परिसूचक शून्य दशमलव ४८ प्रतिशत अर्थात् १२ दशमलव ५८ अंकले बढेर २ हजार ६०१ दशमलव २१ अंकमा पुगेको हो। 

आज विभिन्न ३२५ कम्पनीका १ करोड २९ लाख ८२ हजार ६१९ कित्ता शेयर ७२ हजार ५४० पटक खरिद बिक्री हुँदा ६ अर्ब २५ करोड ७२ लाख ३५ हजार ६२४ रुपैयाँमा कारोबार भएका छन्। 

आजको कारोबारपछि बजारपुँजीकरण १४ खर्ब ३९ अर्ब ९८ करोड ९६ लाख ४७ हजार ९३२ रुपैयाँ पुगेको छ।

आज बोटलर्स नेपाल (बालाजु) लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। 

विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ९ दशमलव ०९, साम्लिङ पावर कम्पनीको शेयर मूल्य ७ दशमलव ४६, नेपाल रिपब्लिक मिडिया लिमिटेडको शेयर मूल्य ७ दशमलव ३७ प्रतिशतले बढेको छ।

साथै सुपर मादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। 

त्यसैगरी एनआईसी एशिया सेलेक्ट फण्ड ३० को शेयर मूल्य ६ दशमलव ९३ प्रतिशत, रिभर फल्स पावर लिमिटेडको ६ दशमलव ४५ प्रतिशतले घटेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.