|

काठमाडौँ : नेपालले तेस्रो अन्तरराष्ट्रिय खुला फुल कन्ट्याक्ट कराते च्याम्पियनशिपमा ६ स्वर्णसहित २५ पदक जितेको छ। नेपालले ६ रजत र १३ कास्य पदकसमेत प्राप्त गरेको छ।

भारतको असम राज्यको गुवाहाटीमा भएको उक्त प्रतियोगितामा होमबहादुर राई, रसिला श्रेष्ठ, सिवानी आले मगर, जेनो पुन, अर्जुन अधिकारी र आशिष तामाङले नेपालका लागि स्वर्ण पदक हात पारे। 

त्यसैगरी विवेक नेपाली, आरोज तामाङ, सतालीराज बुढा, साम्राज्ञी चौधरी, रोजी फगामी मगर र निर्जला ओलीले रजत प्राप्त गरे।

सार्थक शाही, प्रलिशा प्रधान, ऐश्वर्य बुढा, इल्भा सिंह, युदिका राणा, प्रनिश बर्देवा, रेहान श्रेष्ठ, उदय परियार, महेन्द्र कार्की, अङ्कित पाठक, रोहित श्रेष्ठ, साजन नेपाली र करण ओडले कास्य पदक प्राप्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.