|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले आफू कमजोर भएर पार्टी एकताको प्रस्ताव नराखेको प्रतिक्रिया दिएका छन्। सोमबार बिहान सामाजिक सञ्जालमा लेखेर उनले पार्टी चलाउनै नसकेर एकताको प्रस्ताव नराखेको स्पष्टीकरण दिएका हुन्।

थापाले राजसंस्था र हिन्दुराष्ट्र स्थापना गर्ने अहिले सर्वाधिक अनुकुल परिस्थिति भएका कारण आफूले एकताको प्रस्ताव राखेको तर्क गरेका छन्। सबै राष्ट्रवादी शक्ति मिलेर अन्तिम धक्का दिनसके भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त पार्न सकिने उनको भनाइ छ। 

‘हाल विद्यमान भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त तुल्याउने तथा राजसंस्था र हिन्दुराष्ट्र स्थापना गर्ने अहिले सर्वाधिक अनुकूल परिस्थिति भएको हुँदा सबै राष्ट्रवादी शक्ति मिलेर अन्तिम धक्का दिउँ भनेर हो। यो समय फेरि नआउन सक्छ’, उनले भनेका छन्।

गत पुस २७ गते पृथ्वी जयन्तीका अवसरमा पार्टीले गरेको चियापान कार्यक्रममा थापाले समान विचारधारा भएकाहरूसँग एकता र सहकार्यको प्रयास गर्ने बताएका थिए। मुलुकमा बलियो राष्ट्रवादी शक्ति निर्माण गर्ने आफ्नो लक्ष्य रहेको उनको भनाइ थियो। यससँगै आफू कमजोर भएकाले एकताको प्रस्ताव राखेको चर्चा भएसँगै थापाले सोमबार सामाजिक सञ्जालमा लेखेर स्पष्टीकरण दिएका हुन्।

२०७८ मंसिरमा भएको महाधिवेशनमा अध्यक्षमा पराजित भएसँगै थापाले माघमा राप्रपा छाडेका थिए। फागुन ७ मा राप्रपा नेपाल ब्युँताएर उनी अध्यक्ष बनेका थिए।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.