|

काठमाडौं : सानिमा बैंकको पर्सागढी शाखाले, पर्सागढी वडा नं ५ स्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय र श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय विद्यार्थीहरुलाई न्यानो लुगा हस्तान्तरण गरेको छ।

कार्यक्रममा पर्सागढी शाखाका कर्मचारीद्वारा दुवै विद्यालयका विद्यार्थीहरुलाई लुगा हस्तान्तरण गरिएको हो। चिसो मौसमका कारण न्यानो लुगाको अभावमा विद्यार्थीहरुको पठनपाठनमा समेत असर परेको हुँदा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरिएको हो।

बैंकले भविष्यमा पनि समाजमा सकारात्मक बिकास गर्ने किसिमका विभिन्न क्रार्यक्रमहरु गर्ने योजना जनाएको छ। सानिमा बंैकको सातै प्रदेशमा हाल १३४ वटा कार्यालयहरु र १२५ वटा ए.टि.एम. संचालनमा रहेका छन् । 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.